गण्डकीमा पनि लुम्बिनीको सिको

गण्डकीमा पनि लुम्बिनीको सिको

सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको अवस्थामा हठात् मन्त्रीपरिषद् विस्तार गर्ने लुम्बिनीको रणनीति गण्डकी प्रदेशमा पनि अपनाइएको छ ।
सरकारविरुद्धको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको बेलामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । अविश्वासको प्रस्तावमा तटस्थ रहेका स्वतन्त्र सांसद दिपक मनाङे् (राजीव गुरुङ) लाई पनि मन्त्री बनाइएको छ ।

अविश्वास प्रस्तावमाथि हुने भनिएको बुधबारको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित भएका थिए । यद्यपि जनमोर्चाले आफ्ना सांसद हराएको भन्दै संसद बैठक स्थगनको माग गरेपछि बैठक अनिश्चितकालका लागि रोकिएको छ ।

लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव आइसकेपछि मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।

उहाँले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री बनाएर सरकार विस्तार गर्नुभएको थियो । युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गुरुङको शपथ ग्रहण आजै साँझ हुने बताइएको छ ।

टिप्पणीहरू