बाबुरामको अप्रेशन वीरमा

बाबुरामको अप्रेशन वीरमा

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज वीर अस्पतालमा भर्ना हुनुभएको छ ।

न्युरो–इन्डोक्राइनको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । भट्टराईको शल्यक्रिया अस्पतालका डा. सुबोध अधिकारी नेतृत्वको टिमले भोलि गर्ने बताइएको छ ।

यसअघि ट्युमरमा क्यान्सर भएको आशंकामा भट्टराई परीक्षणका लागि भारतको नयाँदिल्ली पुग्नुभएको थियो । परीक्षणले ट्युमरमा क्यान्सर नभएको देखाएपछि नेपालमै शल्यक्रिया गर्न लागिएको हो ।

टिप्पणीहरू