गल्कोट नगरपालिकाका मेयरलाई कोरोना

गल्कोट नगरपालिकाका मेयरलाई कोरोना

बागलुङको गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेलाई कोरोना पुष्टि भएको छ । गैरेमा फरक किसिमको खोकी तथा कोरोना संग मिल्दो जुल्दो सामान्य लक्षणहरु देखिएको कारण सोमबार स्वाव दिएका थिए ।

बिहिबार उनको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बि.क पोखरेलले बताएका छन् । उनलाई धौलागिरी अस्पताल बागलुङमा ल्याउने तयारी भैरहेको उनले बताए ।

नगर प्रमुख गैरेका अनुसार उनको स्वास्थ्य अवश्था सामान्य रहेको र पछि केहि जटिल समस्या देखिन सक्ने भन्दै उपचारको लागी धौलागिरी अस्पतालमा आउन लागेको बताए ।

गैरेले आफूलाई कोरोना पोजेटिभ भएको जानाकारी दिए पनि आधिकारिक रुपमा स्वास्थ्य निर्देशानलय भने गैरेको रिपोर्ट सार्वजनिक गरेको छैन ।

जनप्रतिनिधी गैरेलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका धेरै ब्यक्तिहरु कन्टयाक्ट ट्रेसिङमा पर्नुका साथै गल्कोट नगरपालिका जोखिम बढेको देखिन्छ ।

टिप्पणीहरू