यस्तो देखियो उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फोटो/ भिडियाे)

यस्तो देखियो उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फोटो/ भिडियाे)

कोरोना महामारीबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञाको पहिलो दिन आज उपत्यका ठप्प बनेको छ । निषेधाज्ञाका कारण सधैँ व्यस्त रहने मुख्य सडक सुनसानजस्तै देखिएका छन् ।

फाट्टफुट्ट केही नीजि सवारी साधन सडकमा देखिए पनि सार्वजनिक यातायात पूर्णत: बन्द छ । उधोगधन्दा, व्यापार-व्यवसाय, शिक्षण संस्था, पसललगायत सबै बन्द गरिएका छन् । स्थानीय प्रशासनले तोकेको अत्यावश्यक सेवा भने खुला गरिएको छ ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन सुरक्षाकर्मीले चोक-चोकमा कडाइका साथ् चेकजाँच गरिरहेका छन् । ट्राफिक प्रहरीले डेडिकेटेड चेक प्वाइन्ट र ब्यारिकेड राखेर चेकिङ्ग कार्यलाई जारी राखेको बताएको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ ।

चेकजाँचका क्रममा बिनाकाम सडकमा निस्किएका सवारी साधन कारवाहीमा परेका छन् ।

बिहानदेखि दिउँसो १ बजेसम्म १५ सय बढि सवारी साधन होल्डिङमा परेको महानगरीय ट्राफिक प्रहरी परिसरका प्रवक्ता कृष्ण अधिकारिले जानकारी दिए ।

केही प्रमुख नाकाहरु कुलेश्वोर, कलंकीतिर भने सवारीका चापहरु अलि बढी देखिएको छ । भित्रि शहरमा पासवाला सवारी र अत्यावश्यक सवारीहरु बढी गुडेका छन् ।

टिप्पणीहरू