शरिरमा अक्सिजन कम हुनेलाई यस्तो सल्लाह

शरिरमा अक्सिजन कम हुनेलाई यस्तो सल्लाह

विश्वव्यापी काेराेना महामारीको दोस्रो लहरले सबैभन्दा धेरै संक्रमितलाई उनीहरुको स्वासप्रश्वास प्रणालीमा आक्रमण गरेको छ ।

त्यसको सोझो असर फोक्सोमा पर्ने र अक्सिजनको मात्रा स्वाट्टै घट्न थालेपछि भारतमा अक्सिजनको अभावमा धेरै बिरामीको मृत्यु भएको समाचार आइरहेका छन् ।

अक्सिजनको अभावलाई पूर्ति गर्न भन्दै होमियोप्याथिकले ‘एस्पिडोस्पेर्मा झोल’ औषधी सिफारिश गरेको छ ।

उसले भनेको छ ‘उक्त औषधीको २० थोपा एक गिलास पानीमा मिसाएर खाएमा शरिरमा एकाएक अक्सिजनको लेभल बढ्छ ।’ उसको दाबी छ ‘अक्सिजनको खोजीमा समय बरबाद नगरौं ।’

तर, चिकित्सकहरुले अक्सिजनको तत्काल आवश्यक पर्ने सिकिस्त बिरामीलाई सिलिण्डरबाट अक्सिजन मुखमा लगाउनुको विकल्प अहिलेसम्म नभेटिएको बताएका छन् ।

टिप्पणीहरू