‘कोरोना केही होइन,बकबास हो’ भन्ने दुलाहामाथि पत्रकारद्वारा मुक्का प्रहार

‘कोरोना केही होइन,बकबास हो’ भन्ने दुलाहामाथि पत्रकारद्वारा मुक्का प्रहार

कोरोनाको दोस्रो लहरको चपेटमा परेको भारतमा सयौं जन्ती र पाहुनासहित बिबाह गर्ने भन्दै अन्तरवार्ता दिने एक जना बेहुलालाई स्थानीय टेलिभिजन पत्रकारले बाटोमै चुटेका छन् ।

सरकारले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालनाबारे सोधिएको जिज्ञासामा दुलाहाले ‘कोरोना कहिँ छैन,यो केही होइन, बरु बिबाहको लागि आफ्नो आफ्नो धेरै पैसा खर्च भइसकेकोले कुनै हालतमा बिहे गर्ने,हेरौं त कसले रोक्दो रहेछ’ भनेपछि पत्रकारले उनलाई अन्तर्वार्ताकै क्रममा मुक्का प्रहार गरेर ढालेका हुन् ।

त्यसअघि पत्रकारले यस्तो बेलामा गरिने बिबाहमा सबैलाई कोरोना लाग्यो भने त्यसको जिम्मेवारी कस्ले लिने भनेर सोधेको प्रश्नमा पनि बेहुलाले ‘कोरोना भन्ने नै नरहेको र यो मान्छेलाई मूर्ख बनाउने मेलो’ बताउँदै ‘कहाँ छ कोरोना ?’ भनेर उल्टै पत्रकारलाई प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि पत्रकारले रिसको झोँकमा उनलाई नराम्रोसँग कुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टिप्पणीहरू