जबरजस्ती करणी अभियोगमा दुई पक्राउ

जबरजस्ती करणी अभियोगमा दुई पक्राउ

जबरजस्ती करणी तथा यौन दुव्र्यवहारको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

बुधबार ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भोजपुरका दोर्चे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । दोर्चेले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको बताइएको छ।

त्यस्तै, यौन दुव्र्यवहार गरेको अभियोगमा अर्का एक किशोर पक्राउ परेका छन् । ६ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२, नन्दनगरका किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

किशोरले ती बालिकालाई यौन दुव्र्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरीले पक्राउ गरेको बताइएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।

टिप्पणीहरू