यस्ता अनेक प्रकरणमा महेश बस्नेतको अमूल्य योगदान

यस्ता अनेक प्रकरणमा महेश बस्नेतको अमूल्य योगदान

गण्डकी सरकारविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदानको प्रक्रिया शुरु हुनै लाग्दा आफ्ना एक सांसदलाई अचानक अस्पताल पुर्याइएको घटनालाई राष्ट्रिय जनमोर्चाले ‘षड्यन्त्रपूर्ण’ भनेको छ । अविश्वासको प्रस्तावका पक्षमा बहुमत पुग्ने देखेपछि सत्ता जोगाउन सरकारले आफ्ना सांसदलाई अपहरण गरेको जनमोर्चाको दाबी छ ।

अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गरेको जनमोर्चाका सांसद खिमविक्रम शाही हिजो मतदानको प्रक्रिया शुरु हुनै लाग्दा अचानक गायब भएका थिए । उनलाई केही समयपछि पोखराको चरक अस्पताल पुर्याइएको खबर बाहिरिएको थियो ।

हिजो गरिएको परीक्षणमा सांसद शाहीमा कोभिड नदेखिए पनि अस्पतालले कोरोनाको गम्भीर बिरामी भनेर जनमोर्चाका नेताहरुलाई समेत भेट्न नदिएपछि घटना रहस्यमय बनेको हो ।

उहाँ मर्न पनि सक्नुहुन्छ भनेर डा.पौडेलले भनेको छ । मार्ने इन्जेक्सन लगाएर राखेको रहेछ कि के थाहा

संघीय सरकार जोगाउन गत वर्ष लकडाउनका बेला रातारात मधेश झरेर मधेसी सांसदलाई काठमाडौँ ल्याएका एमाले नेता महेश बस्नेत हिजो सोही अस्पतालमा देखिएपछि जनमोर्चाले अपहरणको आशंका गरेको छ । घटना षड्यन्त्रपूर्ण र रहस्यमय भएको भन्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अपहरणको आशंका गर्नुभएको हो । सांसद शाहीलाई भेट्न नदिइएको भन्दै अध्यक्ष केसीले अपहरणको आशंकालाई बल पुगेको बताउनुभयो ।

शाहीलाई भेट्न गएका जनमोर्चा कास्कीका अध्यक्ष शंकर बराललाई अस्पतालको गेटमै रोकेपछि ठूलो योजनाका साथ सत्ता टिकाउने खेल भइरहेको जनमोर्चाको बुझाई छ । अस्पताल बाहिर शाहीको अवस्थावारे जानकारी लिन छटपटाइरहेका बराललाई रोकिएको थियो । प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दै उनले सांसद शाहीको अवस्थाबारे जानकारी लिन पाउनुपर्ने भने पनि अस्पतालले रोकेको बताए ।

मधेसी सांसद बर्दिबासबाट रातारात उठाउन होस् या गण्डकीका सभासदलाई चरक अस्पतालको आइसीयू पुर्याउन होस्,महेश बस्नेतलाई कसैले नभेट्ने भए ।

अध्यक्ष बरालले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई फोनबाट थर्काउँदै सांसदको सुरक्षा गर्न नसकेको र एमालेसंग मिलेर अपहरण गर्न सहयोग पुर्याएको बताए । सांसद शाहीलाई भेट्न अस्पताल पुगेका उनलाई भेट्न नदिएपछि आक्रोशित हुँदै उनले सीडीयोले स्वास्थ्यको कुरा डाक्टरलाई मात्र थाहा हुन्छ भनेर उम्कन खोजेको बताए ।

अस्पतालका डा.बद्री पौडेलले ‘उहाँ मर्न पनि सक्नुहुन्छ’ भनेको बरालको भनाइ छ । ‘उहाँ मर्न पनि सक्नुहुन्छ भनेर डा.पौडेलले भनेको छ । मार्ने इन्जेक्सन लगाएर राखेको रहेछ कि के थाहा,’ आक्रोशित हुँदै उनले भने ।

अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सांसद भएकाले सरकारले राज्य शक्तिको दुरुपयोग गरेर लुकाएको पनि उनले दाबी गरे । शाही बिहानसम्म सम्पर्कमा भएको र पार्टीको निर्णयअनुसार जाने कुरामा प्रष्ट रहेको समेत उनले बताए ।

उनले भने, ‘साढे ११ बजे कन्ट्याक्टमा हुनुहुन्थ्यो । त्यसपछि फोन स्विच अफ भयो । कोठामा हिजो बेलुकादेखि नभएको कुरा आयो । यतै कता होटेलमा ल्याएर राखेको जस्तो पाइयो । हामीले त्यो कुरा त्यति गम्भिर ठानेनौँ । एउटा वैचारिक मान्छेले त्यस्तो गर्नुहोला भन्ने सोच्ने कुरा त भएन नि ! एउटा सांसद हो, सामान्य नागरिक सरह हिँडडुल गर्ने अधिकार होला भन्ने बुझ्यौँ । अहिलेचाहिँ यस्तो खालको स्थिति देखियो ।’

जनमोर्चाका अर्का एक नेताले पनि आक्रोश पोख्दै आफ्ना सांसद अपहरण भएको दाबी गरे । उनले भने, ‘मधेसी सांसद बर्दिबासबाट रातारात उठाउन होस् या गण्डकीका सभासदलाई चरक अस्पतालको आइसीयू पुर्याउन होस्,महेश बस्नेतलाई कसैले नभेट्ने भए । केपी ओलीलाई यस्ता सहयोगीहरु चाहिने रहेछ । सत्ता जोगाउन यो हदसम्म गरिएको यसअघि देखिएको थिएन ।

चरक अस्पताल एमालेका प्रदेशसभा सदस्य राजीव पहारीको हो । त्यहाँको निर्देशक पहारीकी पत्नी सिर्जना हुन् । पहारी र बस्नेत अस्पतालको रिसेप्सनमा सँगै देखिएका थिए ।

टिप्पणीहरू