पूर्वरानी कोमलको अवस्था जटिल, आईसीयूमा सारियो

पूर्वरानी कोमलको अवस्था जटिल, आईसीयूमा सारियो

लक्षणसहितको कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिनुभएकी पूर्वरानी कोमल शाहको अवस्था जटिल देखिएको छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अस्पताल भर्ना हुनुभएको थियो । पूर्वराजाको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

‘पूर्वरानीको पहिलेभन्दा अवस्था बिग्रेको छ । उहाँलाई अक्सिजनको मात्रा कम भएपछि आईसीयूमा राखेर उपचार गरिएको छ । अन्य समस्या छैन’, नर्भिकका कर्पोरेट मिडिया पर्सन सोमनाथ बाँस्तोलाले बताए ।

वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेशनमा रहनुभएका शाह दम्पत्ति स्वास्थ्यमा समस्या हुनसक्ने आँकलन गर्दै शनिबार अस्पताल पुग्नुभएको थियो । ‘उहाँहरूमा अहिलेसम्म कोरोना पोजिटिभ मात्र देखिएको तर अन्य स्वास्थ्य समस्या नरहेको’ बाँस्तोलाले जानकारी दिए ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर नयाँ दिल्ली हुँदै स्वदेश फर्किएपछि गरिएको कोरोना परीक्षणमा उहाँहरूलाई संक्रमण पुष्टि भएको थियो ।

टिप्पणीहरू