लैनचौरमा भारतबिरोधी नाराबाजी

लैनचौरमा भारतबिरोधी नाराबाजी

हिजो दिउँसो भारतीय दूतावास छिर्ने लैनचौरको मुखैमा रहेको खानी तथा भूगर्भ विभाग अगाडि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालको नेतृत्वमा उपस्थित समूहले भारतविरोधी नारा लगाएको छ ।

नेपालको चुच्चे नक्साअनुसारको लिम्पियाधुरा क्षेत्रबाट भारतीय अर्धसैनिक बल अझै नहटाइएकोमा ग्रेटर नेपालले नाराबाजी गरेको हो ।

भारतले कब्जा गरेको उक्त स्थानबाट फौज अझै नहटाइएको र नेपालको नक्सामा रहेको भूभागको उपभोग नेपालले गर्न नसकेको भन्दै मोर्चाका अध्यक्ष नेपालको नेतृत्वमा नाराबाजी गरिएको हो ।

थोरै संख्यामा रहेका प्रदर्शनकारीले भारतीय सैनिक कालापानी छोड, भारतीय विस्तारवाद मूर्दावादको नारा लगाएका थिए ।

टिप्पणीहरू