बन्द आइसाेलेशन केन्द्र खाेल्दै कटारी

बन्द आइसाेलेशन केन्द्र खाेल्दै कटारी

काेभिड १९ काे नयाँ लहरले सबैलाई त्रस्त बनाएको बेला बन्द भएका क्वारेन्टाइन र आइसाेलेसन सेन्टर धमाधम पुनर्स्थापित हुन थालेका छन ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ स्थित बन्द आईशोलेसन केन्द्रलाई संञ्चालनमा तयारी भएको छ । यस अघि अस्थायी केन्द्रकाे रुपमा संञ्चालित केन्द्र प्रयोगविहिन अवस्थामा भएकोले मर्मत सम्भार र सरसफाई गरी जनशक्ति तथा उपकरणको समेत व्यवस्था गर्ने निर्णय भएको जानकारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी गराए । साे केन्द्रमा बाहिरबाट आएका यात्रुहरूले अपनाएको स्वास्थ्य अवस्था तथा न्युनतम सतर्कताका मापदण्ड अवलोकन गरी सहजिकरणका लागि हेल्थ डेष्क स्थापनासमेत गरिनेछ ।

साे डेस्कमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटिने छ । त्यसैगरी जोखिम क्षेत्रबाट आएकाहरू होम क्वारेन्टाईनमा वसे नवसेकाे निगरानि गर्ने जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । साथै कटारीमा वैशाख १६ देखि होटल , पसल तथा व्यवसाय विहान ६ बजेदेखि साँझ ८ बजेसम्म संञ्चालन गर्न पाईनुका साथै पाहुनाको अनिवार्य अभिलेख राख्नु पर्ने भएको छ पनि वैठकले निर्णय गरेको छ ।

मेयर श्रेष्ठले आयोजना गरेको बैठकमा ईलाका प्रशासन कार्यालय , ईलाका प्रहरी कार्यालय ,शसस्त्र प्रहरी वेश क्याम्प, वडाकार्यालयका प्रमुखहरू तथा व्यापारीलगायत अन्य सरोकारवालाहरुको समेत सहमति जनाएका छन ।

टिप्पणीहरू