चौरी देउरालीमा माओवादीको भेला

चौरी देउरालीमा माओवादीको भेला

नेकपा (माओवादी केन्द्र) काभ्रेले चौरी देउराली गाँउपालिकामा चैत २७ गतेदेखि वडास्तरयि भेलाको आयोजना थालेको छ । सोहीअन्तर्गत सोमबार वडा नम्बर १ को वडास्तरीय भेला आयोजना गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले नेपालको संविधानमा समाजवादी समाजको निर्माण भन्ने उल्लेख गरिएको बताउँदै आत्मनिर्भर बनेर आर्थिकस्तर उठाउनका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट पूरानै पार्टिमा फर्किएको नेकपा (माओवादी केन्द्र) ले देशैभरी भेला आयोजना गर्दै आईरहेको बताउँदै जिल्ला समिति सदस्य बिष्णु गौतम (अडिग)ले अनावश्यक भ्रम छरिएकोबारे सतर्क रहेर समाज परिवर्तनको लागी राजनैतिक विचारसहित सबै एक ढिक्का हुनुपर्ने बताएका थिए ।

उक्त गाउँपालिकाको १ नम्वर वडा अरुभन्दा प्राकृतिक श्रोतको रुपमा धनी रहेको बताउँदै जिल्ला सदस्य गजबीर लामाले उक्त वडाको पानीले ३, ५ र ७ नम्बर वडाका जनताको प्राण धानेको भन्दै एक नम्वर वडाप्रति ऋणी रहेको बताएका थिए ।

कमिटिले आगामी भदौ सम्ममा सम्मेलन गर्ने गरी विभिन्न जनवर्गीय संगठनको संयोजक तोकेको छ । जसमा युवा संयोजकमा सूर्य तामाङ, महिला संयोजक सलिना गौतम, दलित संयोजक दुर्गाबहादुर विक, तामाङ संयोजक साईला तामाङ, किसान संयोजक रामबहादुर तामाङलगायत छन् ।वडा कमिटीका संयोजक चन्द्र तितुङको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश कमिटी सचिवालय सदस्य तथा चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम, जिल्ला सचिवालय सदस्य विष्णु गौतम, जिल्ला सदस्य गजवीर लामा, तेज पन्त, गाउँपालिका उपाध्यक्ष तारा चौंलागाई, वडा अध्यक्ष राजु आले, युवा नेता अन्जित गौतमलगायतको सहभागिता थियो ।

टिप्पणीहरू