टाटा सुमो पल्टिँदा ९ घाइते

टाटा सुमो पल्टिँदा ९ घाइते

सगरमाथा राजमार्गको साउने खण्डमा आज दिउँसो को.१ ज ३०२७ नम्बरको टाटा सुमो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

दुर्घटनामा दिक्तेल मझुवागढी–२, का प्यारीमाया राई, सामुआ राई र चालक रामकुमार खत्रीसहित नौ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

तीमध्ये सिकिस्त घाइतेलाई उपचारको निम्ति धरान लैजाने तयारी गरिएको छ । सामान्य घाइतेमध्ये छ जना उपचारपछि घर फर्किएका छन् ।

सुमो खोटाङको दिक्तेलबाट धरानतर्फ गइरहेको थियो । घटनास्थलबाट घाइतेहरूलाई स्थानीयले उद्वार गरेका थिए ।

टिप्पणीहरू