निषेधाज्ञा तोड्ने दुलाहा घोक्र्याइए,अविभावक समातिए

निषेधाज्ञा तोड्ने दुलाहा घोक्र्याइए,अविभावक समातिए

निषेधाज्ञा तोडेर राती अबेरसम्म झकिझकाउ बैवाहिक समारोह सन्चालन गर्नेहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

म्यारिज हलमा नाचगान र भोजभतेर चलिरहेको बेला बर्दी र सादा पोशाकका प्रहरीको हुलै गएर दुलाहालाई घोक्र्याउनुका साथै दुलही,नातेदार र खाना टिप्दै गरेका पाहुना,मनोरञ्जन दिन आएका कलाकार,ब्याण्ड बजाउनेसहित उपस्थित सबका सबलाई घोक्र्याएर निकालेको हो ।

यसक्रममा केही अविभावकलाई गिरफ्तारसमेत गरिएको छ । आफन्तले अनुमतिपत्र देखाए पनि प्रहरीले ‘अनुमति विवाहको लागि मात्रै हो,रातिको १० बजेपछि होहल्ला गर्नको लागि हैन’ भन्दै अनुमतिपत्र च्यातेको बताइन्छ ।

दुलहीका दाइले राती साढे ११ बजेपछि शुभसाइत रहेको बताउँदै सोही समयमा विवाह गर्नुपरेको बताए पनि निषेधाज्ञा नम्बर १४४ तोडेको भन्दै भारतीय प्रहरीले उनीहरुलाई हिरासतमा लिएको भिडियो सार्वजनिक भएको छ ।

टिप्पणीहरू