बाेलेराे पल्टिँदा १ ठहरै,१२ घाइते

बाेलेराे पल्टिँदा १ ठहरै,१२ घाइते

मदन भण्डारी राजमार्गस्थित उदयपुरगढी गाउँपालिकाकाे चियाबारी नजिकै नागबेलीमा आज दिउँसो १•३० बजेतिर दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुरगढी -१ ब्वाँसेका करिव ३५ वर्षका शिव खत्री रहेका छन् । उदयपुरगढीबाट गाईघाट आइरहेकाे स १ च ९३९ नम्बरको बाेलेराे पिकअप भ्यान दुर्घटना भएको हाे ।

सवारी चालक साेही गापा १ बस्ने भीमबहादुर तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गाउँलेहरूका अनुसार खस कटवाल क्षेत्रीहरूकाे गाईघाटमा हुने कूलपूजामा सरिक हुन आइरहेका थिए ।

घाइतेहरूलाई उपचारको लागि विराटनगरलगायत विभित्र अस्पतालमा लगिएको छ ।

टिप्पणीहरू