प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङ्गमा

प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङ्गमा

प्रधानमन्त्री केपी शर्मा ओली कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

बालुवाटार बैठकमा सहभागी एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत १० बैशाखमा बालुवाटारमा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक डाकिएको थियो ।

सो बैठकमा सहभागी भएकामध्ये हालसम्म ३ जना नेतामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। मन्त्री टोपबहादुर रायमाझीसहित विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीलाई सोमबार नै सैनिक अस्पताल भर्ना हुनुभएको छ भने नेताद्वय रिजाल र भट्टराईले सामाजिक सञ्जालमार्फत मंगलबार आफूहरुलाई कोरोना संक्रमण भएको जनाएका हुन् ।

टिप्पणीहरू