जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै, कपिलवस्तुमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पुरुषले बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू