अवैध रुपमा ल्याइएको सुन समातियो

अवैध रुपमा ल्याइएको सुन समातियो

अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन जस्तो देखिने धातुसहित मोरङ स्थायी वतन भएका सुरेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स–रे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त धातु सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका शर्मालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू