श्रीमती र गाई मारेबापत पक्राउ

श्रीमती र गाई मारेबापत पक्राउ

श्रीमतीलाई मारेको अभियोगमा एक युवा पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले समातेको हो ।

आपसी झगडामा पदमले श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते श्रीमतीलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यसैवीच गाई काटेको अभियोगमा एक युवा पक्राउ परेका छन् । भोजपुर नगरपालिका–६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा हिजो राति प्रहरीले पक्राउ गरेको हो ।

परियारले घरमा पालेको गाई काटेको प्रहरीले बताएको छ । गाई काटेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू