कोरोनाले राष्ट्र बैंकलाई पनि खुम्च्यायो

कोरोनाले राष्ट्र बैंकलाई पनि खुम्च्यायो

गत वर्ष चैतदेखि लागू गरिएको बन्दाबन्दी र यो वर्ष बैशाखको शुरुदेखि फैलिएको दोस्रो भेरियण्टको कोरोना भाइरसका कारण नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि आफ्नो वार्षिकोत्सव औपचारिक रुपमा मनाउन पाएको छैन ।

महाप्रसाद अधिकारी गत वर्ष बन्दाबन्दीको बीच चैत २४ गते गभर्नर नियुक्त भएका थिए । सर्वोच्च अदालतमा गत वर्ष भएको उनको शपथ ग्रहण र बैंकमा पदबहाली समेत त्यसैगरी सीमित घेरामा गरिएको थियो । लगत्तै गत वर्ष र यो वर्ष बैशाख १४ गतेको वार्षिकोत्सव कार्यक्रम पनि उनैको कार्यकक्षमा सीमित बनेको छ ।

बैंकले हिजाे जारी गरेको गभर्नरको मन्तव्यको पूर्ण पाठको अधिकांश भागमा पछिल्लो एक वर्षको मुलुकको अर्थतन्त्र र वित्तीय बजारलाई कोरोना महामारीसँग जोडेर व्याख्या गरिएको छ । कोरोनाको कारण गभर्नरको एक वर्षको कार्यकालको समेत समीक्षा गर्न नपर्ने भएको छ ।

डेपुटी गभर्नर हुँदा सुपरीवेक्षण विज्ञको परिचय बनाएका गभर्नरको पछिल्ला गतिविधि र निर्णयले नचाहिँदो गर्ने भनेर चिनिएका बैंक तथा वित्तीय संस्थामा समेत खासै छाप पार्न नसकेको बताइन्छ ।

टिप्पणीहरू