शहरमा जाम, बाहिरने र भित्रिनेको लाम

शहरमा जाम, बाहिरने र भित्रिनेको लाम

आज काठमाण्डौ शहर छाड्नेको भीड बाक्लो छ । नयाँ बसपार्क,पुरानो बसपार्क,कोटेश्वर,कलँकी लगायतका क्षेत्रमा बिहानैदेखि गाउँ फर्कनेको थेगिनसक्नु चाप छ । शहरमा सवारीको जाम छ ।

प्रहरीले सुरक्षा मापदण्डअनुसार घर फर्कन आग्रह गर्दासमेत अटेरी गर्दै मापदण्ड विपरित सार्वजनिक गाडीमा खचाखच यात्रुहरू घर फर्किएको ट्राफिक प्रहरीले जनाएका छन् । जनस्वास्थ्य विज्ञहरूले भने कोरोना अब गाउँ गाउँ फैलने भनी चिन्ता प्रकट गरेका छन् ।

ट्राफिक प्रहरीका अनुसार अन्य दिन दैनिक ३८र३९ हजार राजधानी छाडेर बाहिरिन्थे । हिजो अपरान्ह लकडाउनको हल्ला चलेसँगै नियमित भन्दा ११ हजार ५ सय बढी राजधानी छाडेर गाउँ फर्किए । ट्राफिक प्रवक्ताका अनुसार हिजो ५० हजार ५५७ जना राजधानी छाडेर गाउँतिर फर्किएका थिए ।

यस्तै राजधानी भित्रनेको संख्या पनि बढेको छ । सामान्य अवस्थामा दैनिक ४० हजार हाराहारी राजधानी भित्रदै आएकोमा सोमबार ४१ हजार बढी विभिन्न नाका हुँदै काठमाडौं शहर छिरेका छन् ।

टिप्पणीहरू