त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउन नपाइने

त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउन नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउँदै तेस्रो मुलुक जानखोज्ने सबै विदेशीमाथि रोक लगाइएको छ ।

अध्यागमन विभागले सूचना निकाल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य मुलुक जानेमाथि प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध भोलि राति १२ बजेदेखि लागु हुनेछ ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै छिमेकी मुलुक भारतलगायत देशबाट अन्य मुलुकमा धेरैले सोझै उडान भर्न नपाउने भएका छन् । यसअघि काठमाडौंलाई ट्रान्जिट बनाएर जानेको संख्या निकै बढेको थियो।

तर, विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविकबमोजिमको व्यवस्था कायम रहेको विभागले जनाएको छ ।

टिप्पणीहरू