काेराेना प्रकाेप बढदाे : आज ४५ सय बढी संक्रमित, १८ को मृत्यु

काेराेना प्रकाेप बढदाे : आज ४५ सय बढी संक्रमित, १८ को मृत्यु

कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहेका बेला गत २४ घण्टामा चार हजार ५२४ जनामा संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सिटरिपमा पछिल्लो २४ घण्टामा थप चार हजार ५२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको उल्लेख छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या तीन लाख ७ हजार ९२५ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ६९२ जनाको पीसीआर तथा एक हजार ९ जनामा एन्टिजेन गरि देशभर १५ हजार ६८१ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट चार हजार ३६४ र एन्टिजेनबाट १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, हालसम्म कोरोना नको हुनेको संख्या दुई लाख ७८ हजार ५०६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ छ ।

कोरोनाका कारण पछिल्लो समय ज्यान गुमाउनेको संख्या बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । मृतकको कूल संख्या ३ हजार १९४ पुगेको छ ।

टिप्पणीहरू