पर्सामा पर्सिदेखि निषेधाज्ञा

पर्सामा पर्सिदेखि निषेधाज्ञा

पहिलो लहरको कोरोना महामारीका बेला संक्रमणको हटस्पट बनेको पर्सामा पर्सिदेखि निषेधाज्ञा गरिने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेधाज्ञाको तयारी भैरहेको बताउनुभयो । ‘हामी अहिले छलफलमै छौँ । कुन मोडलमा गर्ने भन्ने निर्णय भैसकेको छैन । निर्णय भएपछि जानकारी गराउछौं,’ उहाँले भन्नुभयो ।

यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ देखि २२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।

टिप्पणीहरू