उदयपुरमा पहिले बेवास्ता, अहिले वास्ता

उदयपुरमा पहिले बेवास्ता, अहिले वास्ता

उदयपुरमा कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमणबाट विद्यार्थीहरूलाई जोगाउन सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ ।

उदयपुरस्थित शिक्षा विकास तथा समन्वय इकाइको हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो । भोलिदेखि लागू गरिने उक्त निर्णयका कारण सञ्चालनमा रहेका परीक्षा भने रोकिएका छन् ।

इकाइले भौतिका उपस्थितिमा गरिने अध्ययन र अध्यापनको सट्टा वैकल्पिक माध्यमबाट पठनपाठनलाई जारी राख्ने निर्णयसमेत गरेको छ ।

यसअघि वातावरण प्रदुषण भएर जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै भर्चुअल तथा अन्य वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरी विद्यालय बन्द गर्न दिएको संघीय सरकारको निर्देशनलाई उदयपुरमा वेवास्ता गरिएको थियो ।

टिप्पणीहरू