माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको विधान संशोधनबारे छलफल हुनसक्ने नेतृ भुसालले बताउनुभयो । ‘एजेण्डा ठ्याक्कै थाहा छैन । पछिल्लो राजनीतिक अवस्था र विधानसम्बन्धी छलफल हुन्छ होला,’ उहाँले भन्नुभयो ।

माओवादी केन्द्रले नेता देव गुरुङको नेतृत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो । कार्यदलले प्रस्तावित विधान संशोधन मस्यौदा सुझावसहित बुझाइसकेको छ । आजको बैठकले विधान अनुमोदन गर्ने सम्भावना रहेको नेता गुरुङले बताउनुभयो ।

माओवादी केन्द्रले सरकारबारे निर्णय लिन अघिल्लो बैठकमै अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको थियो ।

टिप्पणीहरू