महिला र पुरुष मृत अवस्थामा फेला « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

महिला र पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १६:५०


concept shot of dead body at a morgue

एकै दिन महिला र पुरुष दुई जना मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभा, पाँचखपन नगरपालिका–९, लसुने बस्ने ६० वर्षीया लमिबुटी शेर्पा घर नजिकैको बारीमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
बैशाख ७ गतेदेखि घरबाट हराएकी शेर्पाको खोजी गर्ने क्रममा बारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

उता, सप्तरी, कंकालिनी नगरपालिका–१, कोशी ब्यारेजस्थित दाहसस्ंकार गर्ने स्थान नजिकै नदी छेउमा ६५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका थिए ।

मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु