प्रधानमन्त्रीको जिल्ला जान तेब्बर मूल्य

प्रधानमन्त्रीको जिल्ला जान तेब्बर मूल्य

उपत्यकामा बैशाख मसान्तभर लकडाउन हुनेभएपछि हवाई टिकटको मूल्य आकाशिएको छ । नेपाल वायुसेवा निगमका एक अधिकारीका अनुसार लकडाउनमा यातायत ठप्प हुने तर हवाई सेवा बन्द नहुने भएपछि एयरलाइन्सहरुले टिकटको मूल्य दोब्बर पारेका छन् ।

सोमबारसम्म वायुसेवाको टिकट न्यूनतम २ हजार रहेकोमा आज ४ हजार माथिको हवाई टिकट पाइन छाडेको छ । उनका अनुसार औसतमा हिजो २ हजार ८ सय रहेको श्री लगायत एयरलायन्सका टिकटको मूल्य बृध्दि गरी काठमाण्डौँ – नेपालगञ्जको टिकट ६ हजार पुर्याइएको छ ।

यस्तै,हिजो ३ हजार रहेको बिराटनगरको हवाई टिकट आज ६ हजार पुगेको छ । पोखराको हवाई टिकट पनि दोब्बर मूल्यले बढेको छ । हिजो २ हजार २ सय रहेको पोखराको टिकट ४ हजार ८ सय पुगेको निगमका एक अधिकारीले बताए ।

७ हजार ८ सय रहेको सुर्खेतको हवाई टिकट आज १० हजार ५ सय पुगेको बताउँदै उनले भैरहवाको हवाई टिकट पनि खरिद गर्न नसक्ने किसिमले बढेको बताए । आज भैरहवाको हवाई टिकट ४ हजार ९ सय पुगेको छ । जबकि हिजोसम्म भैरहवा जाँदा न्यूनतम २ हजार ५ सय तिर्नु पर्थ्यो ।

प्रधानमन्त्रीको जिल्ला झापाको भद्रपुर जान ३ हजार ५ सय लाग्नुपर्नेमा आज तेब्बर मूल्य तिर्नुपर्ने भएको छ । आज भद्रपुर को मूल्य ९ हजार १ सय पुगेको छ ।

निगमका अनुसार आज हवाई सेवाको मूल्य दोब्बर,तेब्बरले बढेता पनि कुनै पनि हवाई यातायातमा सिट छैन । सर्भरमा समस्या देखिएको भन्दै आजदेखि डिजिटल माध्यमबाट टिकट काट्नसमेत नमिल्ने निगम श्रोतले बताएको छ ।

टिप्पणीहरू