कोरोना लागेका मन्त्रीलाई सैनिक अस्पताल लगियो

कोरोना लागेका मन्त्रीलाई सैनिक अस्पताल लगियो

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएपछि सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ ।

मन्त्रीसहित मन्त्रीका परिवार र सचिवालयका केही सदस्यलाई समेत कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री रायमाझी अघिल्लो साता अर्घाखाँची पुगेर राजधानी फर्किएका थिए । हिजो पीसीआर परिक्षण गर्दा पोजिटिभ देखिएको मन्त्रालयका एक कर्मचारीले जनआस्थालाई बताए ।

टिप्पणीहरू