सशस्त्रका दुई एआइजीको एक वर्ष म्याद थपियो

सशस्त्रका दुई एआइजीको एक वर्ष म्याद थपियो

नेपाल सरकारको आज साँझ बसेको बैठकले सशस्त्र प्रहरीका दुई एआइजी पुष्पराम केसी (प्रशासन, मानवश्रोत) र रामशरण पौडेल (कार्य,सीमा सुरक्षा) को एक वर्ष कार्यकाल थप गरेको छ ।

सशस्त्र प्रहरी बल,मुख्यालयको सिफारिशबिना क्याबिनेट बैठकबाट ठाडै यससम्बन्धी निर्णय भएको हो । यो निर्णय नभएको भए दुबै जनाले आजभोलि नै घर जानपर्ने अवस्था थियो ।

दुबै एआइजी हालका आइजी शैलेन्द्र खनालकै ब्याचका हुन् । खनालको कार्यकाल एक बर्ष बाँकी नै छ ।

टिप्पणीहरू