एकैदिन चार शव फेला

एकैदिन चार शव फेला

एकैदिन चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७, भेटघाट चोक डेरा गरी बस्ने पाल्पा घर भएकी ८४ वर्षीया दानकुमारी घर्तीमगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुके खाडी सामुदायिक वन कार्यालय अगाडि फलैँचामा सोही ठाउँ बस्ने ३७ वर्षीय भक्तबहादुर दर्नाल सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दैलेखमा पनि मृत अवस्थामा एक महिला फेला परेकी छन् । प्रहरीले दिएको जानकारीका अनुसार नारायण नगरपालिका–८ भगवती बस्ने ३३ वर्षीया नैनसरा सिंह आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

उता मकवानपुरमा पनि शव फेला परेको हो । हेटौंडा उपमहानगरपालिका–१३, बडागाँउमा सोही उपमहानगरपालिका–१४, कालापानी बस्ने ३३ वर्षीय जमानसिंह मोक्तान सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
फेला परेका चारैवटा शवको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू