गोरखापत्रका अध्यक्षलाई कोरोना

गोरखापत्रका अध्यक्षलाई कोरोना

गोरखापत्र संस्थानमा कार्यरत कर्मचारी,पत्रकार र अध्यक्ष गरी १० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष कृष्णमुरारी भण्डारीलाई बुधबार फेला परेको हो । अन्य कर्मचारी र पत्रकारलाई पनि त्यसपछि थाहा भएको बताइएको छ ।

भण्डारीका चालकलाई दुई साताअघि रुघाखोकी र कामज्वरो आएको थियो । सिजनल रुघाखोकी ठान्दै काममा आएका चालकको कोरोना परिक्षण पोजिटिभ आएपछि गरिएको टेष्टमा उनकी श्रीमतीलाई समेत संक्रमण पुष्टि भयो ।

त्यसपछि भण्डारी र उनको परिवारमा समेत कोरोना देखिएको थियो । भण्डारीकी श्रीमती र छोरामा हिजो गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको छ भने छोरीहरूको रिपोर्ट आज साँझ आउने अध्यक्ष भण्डारीले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको छ ।

गोरखापत्रको डेस्कका पत्रकार र वितरणमा सम्लग्न कर्मचारीलाई समेत कोरोनाले सताएको छ ।

टिप्पणीहरू