सडक बालक मिलेर युवतीलाई मारेपछि…

सडक बालक मिलेर युवतीलाई मारेपछि…

– मोतीराम तिमल्सिना

बाजे, बाबु र आमाको नाम थाहा छैन । सडकमै बस्छु । सानैदेखि बनेपा बजारको सडकमा मागीखाने र सडकमै सुत्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । सँगै समातिएकी उनीसँग केही समय पहिला सडकमै भेटघाट भएको हो । २÷३ महिना पहिला विवाह गरी बनेपा बजारमा कवाडी बटुल्ने काम गर्दै आएका थियौं । कक्षा ५ सम्म पढेको छु । घरमा कोही नभएकाले एक वर्ष पहिलादेखि बनेपा बजारमा आई सडकमै मागी खाई सडकमै सुत्ने गरेको थिएँ । १६ वर्षको भएँ । बुद्ध धर्म मान्छु । आर्थिक अवस्था कमजोर छ । मेरो नाममा कुनै जग्गा जमिन छैन । बाबु–बाजेको नाममा के कति जग्गा जमिन छ, मलाई थाहा भएन । हालसम्म नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी बनाएको छैन । कुनै सम्पर्क नम्बर छैन । मोबाइल अरूले चलाएको देख्ने हो । आफूले लिएर चलाएको छैन । उमेर भर्खरको भए पनि हुलिया र तौल परिपक्व मान्छेको जस्तै छ ।

प्रहरीले पक्राउ गरी बाल न्यायिक हिरासतमा राखेको छ । कर्तव्य ज्यान मुद्दा अभियोगमा प्रहरीले सडकबाटै समातेर ल्याएको हो । बाल हिरासतमा मानवीय व्यवहार गरिएको छ । प्रहरीले माया गरेर अपराधबारे बयान लियो । खानेकुरा पनि ठीकै छ । तर, प्रहरीको नियम र हाम्रो सडकको नियम फरक रहेछ । प्रहरीले दिने समयमा भोक लागिसकेको हुन्छ । हुन त हामी अपराधी पनि हौं । अपराधीलाई कति माया गर्ने भन्ने पनि होला ! तैपनि, मानवीय व्यवहार गरियोस् भन्ने माग हो । बिहानै खान मन लाग्छ । हिरासतमा भएकाले भनेको समयमा भनेको चिज खान सम्भव रहेनछ । पटक–पटक प्रहरीले समात्ने र छाड्ने गरेको थियो । यसपटक जघन्य अपराधमा परेकाले तत्काल छाड्लाजस्तो छैन । व्यक्ति हत्या अलिक कडा नै हुने रहेछ । चोरी, लुटपाट, कुटपिटचाहिँ सामान्य रहेछन् । हामी लागुऔषध ओसारपसार गर्ने त हैनौं सडकमा भएका सबै चिज खाने बेला त्यो हाम्रो प्राथमिकतामा पर्ने गरेको छ । जसकारण कोहीसँग डर लाग्दैन । बाँकी काम गर्न किन डराउनु ? त्यसकै उपज हो त्यो जघन्य अपराध । अपराधमा मेरो संलग्नता र साथीहरूको सहयोग । हामीले प्रयोग गर्ने खानेकुराले उत्तेजना बढाउँछ । १६ वर्षको उमेरमा हुने फरकता त छँदै छ त्यसमा पनि औषधिको प्रयोगले झनै वलिष्ठ या साहसिक बनाउँदो रहेछ ।

उनी ३२ वर्षकी रहिछन् । पछि थाहा भयो । चिनजान, रिसइबी केही थिएन । न त लेनदेन नै थियो । त्यो आकस्मिक घटना हो । आकस्मिक भएको घटनामा ज्यान गुमाउन पुगिन् । म हिरासत पुगें । २०७७ चैत २२ गते बिहान । केही मान्छे स¥याङब¥याङ गरिरहेका थिए । केही उठेर काममा जाने तयारीमा थिए । बिहानको २ जति बजेको थियो होला । बनेपा नगरपालिका–८ सिनागालमा पार्किङ गरी राखेको बा.२.ख.२४२७ नम्बरको पुरानो बसमा एक जना महिला सुतिरहेको देखें । त्यही बाटो हुँदै हिँडिरहेको थिएँ । हामी सडकमा खाने, सुत्ने सडक बालबालिका । मेरा केही साथी छन् । एक वर्षदेखि नै घर छोडी सडकमै बस्ने, खाने र सुत्ने गर्दै आएकाले ती सडकमै हुने भए । त्यही क्रममा हाम्रो समूहमा रहेकी एक जना मेरोभन्दा कम उमेरकी बालिकासँग माया बस्न थाल्यो । हामी चिनजान भएपछि सँगै बस्दै आएका थियौं । चैत २१ गते हामी ४ जना, पुन्टी भन्ने चिनिमायाँ तामाङ र मेने भन्ने रवीन्द्र खड्कालगायतसँग भेट भयो । मैले समेत दाजु भनी बोलाउने विजय भन्ने रोशन तामाङले मलाई तिमीहरूले ठुटी भन्नेलाई देखेको छ कि छैन भनेर सोधे । मलाई गाग्री चोरको दोष लगाएकी छन्, कवाडीको काम गर्ने विक्रम तामाङ भन्ने साहुले गाली गरेको छ । त्यसलाई मैले भेटें भने छोड्दिन भनेकाले हामी बजारमा कवाडी बटुल्ने क्रममा राति ८ बजे ठुटी भन्नेलाई खोज्न निस्कियौं । उनलाई देखेपछि मैले दाजु मानेको विजय भन्ने रोशन तामाङलाई बोलाई चार जनाको समूह मिली पुण्यमाता खोलामा फालेका हौं । पछि उनी खोलाबाट निस्किँदा नाक र मुखबाट रगत बगिरहेको थियो । कपडा पूरै भिजेको थियो । विजयले लुगा फेर्न भनी लिएर गयो । बनेपाको बसपार्कमा कपडा पाउने भएकाले उसले ठुटीलाई त्यता लिएर गयो । हामीलाई भने त्यहीं बस्न अनुरोध गरेको थियो । हामी केही बेर सोही स्थानमा बस्दासमेत रोशन भन्ने विजय तामाङ र ठुटी आएनन् ।

उनीहरू नआएपछि सोही राति ११ बजे हामी चार जनासहित रवीन्द्र र पुन्टी भई पुलबजार पुण्यमाताखोला हुँदै बनेपास्थित सिनागाल जाने बाटोमा पार्किङ गरी राखेको पुरानो बसमा सुत्न आयौं । सधैँ हामी सुत्ने स्थानबाट मैले नचिनेको एक जना ढाकाटोपी, कोट पाइन्ट, गोल्ड स्टार जुत्ता लगाएको अन्दाजी ३५÷३६ को पुरुष निस्किए । बनेपा बसपार्कतर्फ लागेपछि हामी चारै जना उक्त बसभित्र पस्यौं । बसभित्र ३२ वर्षकी महिलालाई अर्ध नग्न अवसथामा देखें । उक्त पुरुष र ती महिला शारीरिक सम्पर्क राखेर निस्किएका रहेछन् । साथीहरूले तँ पहिला उक्त महिलासँग शारीरिक सम्पर्क राख अनि पछि हामी भनेर कसम खुवाए । त्यसपछि मैले उनीसँग जबर्जस्ती सम्पर्क राखें । ३÷४ मिनेटपछि उनले छाडा शब्दमा गाली गर्न लागिन् । मलाई सन्तुष्टि आएकै थिएन । गाली सहन सकेनौं । एक जनाले उनको मुख थुनिदिए । अर्का एक जनाले खुट्टा समाते । अर्का एक जनाले थिची ढुंगाले टाउकोमा हिर्काएर टाउको र निधार फुटाइदिए । त्यति भएपछि तिनले ऐøया भन्न पनि पाइनन् । बोल्न छाडेपछि मात्रै थाहा पायौं उनी त मरिसकिछन् । हामी चार जनाबाट ६ जना भइसकेका थियौं । सोही स्थानबाट गोदामचोकस्थित लुगा पेल्ने ट्र्याक्टर राखेको स्थानमा गई रात बितायौं । भोलिपल्ट बिहान उठी गोदामचोकमै रहेको होटलमा चिया खाई केही समय पनौती जाने पुलभन्दा केही माथि कोही कसैले नदेख्ने स्थानमा गई तास खेली रमाइलो गरी बस्यौं । खेल्न रहर पुगेपछि हामीले काम गरेको (कवाडी) बटुलेको साहु विक्रम तामाङसँग पैसा माग्न गयौं । उनले पैसा नदिएपछि नालास्थित ग्यास फ्याक्ट्रीअगाडि पुण्यमाता खोलामा माछा मार्न गयौं । अन्दाजी १ किलोजति माछा मारी नालाबाट बनेपा ल्याएर १ हजारमा बिक्री ग¥यौं । त्यही पैसाले बस चढेर भकुण्डेतर्फ घुम्न गयौं । भकुण्डे बजार घुमी केही समयमा फेरि बस चढेर बनेपास्थित तरकारी बजारमा ओर्लियौं । केही साथी गोदामचोकस्थित कपडा पेल्ने ट्र्याक्टर रहेको स्थानमा गए । राति ८ बजेतिर बनेपा नगरपालिका–१० को वडा कार्यालय भवनमा सुत्यौं । भोलिपल्ट चैत २३ गते दिनभरि बनेपा पुलबजारमा बस्यौं । बनेपामै घुमफिर गर्दै गरेको अवस्थामासाँझ ७ बजेतिर हामी तीन जनालाई प्रहरीले पक्राउ ग¥यो ।

उनलाई जबर्जस्ती गरेको कुरा बाहिर आउँछ र प्रहरीले पक्राउ गर्छ भन्ने डरले सबै जना मिली उनलाई मार्ने निर्णयमा पुगेका हौं । त्योभन्दा अघि उनले मलाई चोरीको अभियोग लगाएकी थिइन् । केही गर्दा नमरेपछि घाँटी निचोरेर ढुंगाले टाउको र निधारमा हानेका हौं । हामीले पानीमा खसालिदिएकी ठुटी पनि मरिछन् । उनलाई लिएर जाने दाजुले के गरे मलाई थाहा भएन । तर, हामी सबै मिलेर खोलामा फालिदिएका हौं । दुबै महिलाले एकै रात ज्यान गुमाउन पुग्नुभएछ । हामी पनि प्रहरीको कस्टडीमा छौं । यो सबै आवेगको घटना थियो । आकस्मिक भएकाले योजना बनाएर हत्या गर्ने कुनै कारण थिएन । सडकमै बस्ने भए पनि हाम्रो स्वाभिमान थियो र छ । आफ्नै साथीहरूको समूहले पनि नभएको आरोप लगाएपछि हामीलाई रिस उठ्नु स्वाभाविक हो । त्यही कारण ठुटीलाई खोलामा फ्याँकेर बसमा सुत्न आएका थियौं । बसमा त्यो अवस्था देखेपछि झन् सहन सकेनौं । हुन त मैले केही महिना पहिला मात्रै विवाह गरेको थिएँ । तैपनि, साथीहरूले पहिला तँ आँट् भनेकाले अरू कुरा बिर्सिन पुगेछु । श्रीमतीले पनि थाहा पाउने डर भयो । उनले पनि अरूलाई भन्ने डर भयो । उनी नबोलेको भए पनि केही हुन्न थियो होला । मुखमुखै लागेको हामीले सहन सकेनौं र साथीहरू सबै जना मिलेर मारिदियौं ।

प्रहरीले उक्त घटनाको अनुसन्धान सूक्ष्म ढंगबाट गरेको रहेछ । इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक योगेन्द्र तिमल्सिनाले पटक–पटक सम्झाउनुभएको थियो । उहाँकै टोलीले हामीलाई पक्राउ गरेको हो । हामीले प्रहरीसमक्ष घटनाबारे सत्यतथ्य बताएका छौं । उनलाई हामीले हिजो चिनेका थिएनौं र पछि पनि चिनेनौं । घटनाको गम्भीरतालाई मनन गरी प्रमाण संकलन र अनुसन्धान कार्य थप प्रभावकारी तरिकाले गर्न प्रहरीले तत्काल धुलिखेल अस्पतालबाट फोरेन्सिक मेडिसिन विभागको विशेषज्ञ टोली झिकाएको रहेछ । प्रहरीले घटनास्थलमा फेला पारेको यौनबद्र्धक सामान, रगत लागेको ढुंगालगायत प्रमाणपछि हामीलाई मुद्दा चलायो । हामीले भएको विवरण सबै जस्ताको तस्तै दिएका छौं । अपराध गरेको घटना लुकाउन डर नै छैन । म किन सडकमा आएँ ? म सडकमा आउन बाध्य पारिनुपछाडिका कारण के छन् ? यस्ता विषयमा अध्ययन गरी हामीलाई परिवार र समाजमै पुनःस्थापना गर्ने हो भने अपराधमुक्त र मानवमुक्त सडक बनाउने अभियान सफल होला कि ?

(अमन तामाङसँगको कुराकानीका आधारमा तयार पारिएको सामग्री)

 

टिप्पणीहरू