कोरोनाले त्रिचन्द्र क्याम्पस पनि बन्द

कोरोनाले त्रिचन्द्र क्याम्पस पनि बन्द

कर्मचारीहरूलाई कोरोना भाइरस संक्रमण भएको जनाउँदै त्रिचन्द्र क्याम्पसको सरस्वती सदन बन्द गरिएको छ ।

क्याम्पसले हिजो जारी गरेको विज्ञप्तिअनुसार लेखा शाखा, प्रशासन शाखा, भर्ना शाखा र दर्ता शाखाका कर्मचारीलाई संक्रमण पुष्टि भएपछि उक्त सदनका सबै कामकारबाही बन्द भएका हुन् ।

सहायक क्याम्पस प्रमुख जनकराज ढुंगानाद्वारा जारी विज्ञप्तिमा बैशाख १९ गतेसम्म क्याम्पसको प्रशासनिक भवन बन्द गरिएको उल्लेख छ ।

टिप्पणीहरू