बञ्चरो हानेर बाबु मार्ने कुपुत्र पक्राउ

बञ्चरो हानेर बाबु मार्ने कुपुत्र पक्राउ

आफ्नै ५० वर्षीय बाबु बलराम सापकोटालाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका–३ कटुञ्जे, मकवानपुरका ३० वर्षीय अन्जन सापकोटालाई हिजो बिहान प्रहरीले समातेको छ ।

अन्जनले बाबुलाई बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू