पत्रकारले बलात्कार गरेको ठहर

पत्रकारले बलात्कार गरेको ठहर

पुराना पत्रकार केदार कोइरालाले आफ्नो घरमा सानैदेखि सहयोगको लागि राखिएकी किशोरीलाई जबर्जस्ती करणी गरेको आज उच्च अदालत,पाटनले ठहर सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेता पनि उच्च अदालतले जिल्लाको उक्त फैसला उल्टाएको हो ।

जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेता पनि उच्च अदालतले जिल्लाको उक्त फैसला उल्टाएको हो ।

इजलास नम्बर ७ बाट न्यायाधीशद्वय अच्युत विष्ट र डा. नवराज थपलियाले २०७५ साउन ८ गते दर्ता भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाई दिएर जेलबाट रिहा गरेता पनि जिल्लाको उक्त फैसला उल्टाएको हो ।

नयाँ जारी फौजदारी कार्यविधि संहिताअनुसार एक महिनाभित्र कोइरालालाई कति वर्ष जेल पठाउने भन्नेबारे टुंगो लगाउनुपर्ने हुँदा सजायँ यकिन गर्न बैशाख २७ गतेलाई अर्को पेशी तोकिएको छ । अब त्यहि दिनको निर्णयअनुसार कोइरालालाई वर्ष तोकेर जेल पठाइने अदालत प्रशासनले जनाएको छ ।

टिप्पणीहरू