उपत्यकाका तीन वटै सिडिओ कार्यालय बन्द « Jana Aastha News Online
Logo
१३ मंसिर २०७८, सोमबार
|  Mon Nov 29 2021

उपत्यकाका तीन वटै सिडिओ कार्यालय बन्द

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार १९:३०


उपत्यकाका काठमाण्डौँ,भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले बढ्दो कोरोना महामारीलाई लक्षित गर्दै अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएका छन् ।

आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ती कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको काठमाण्डौँका कालीप्रसाद पराजुलीले जानकारी गराउनुभएको छ ।

उहाँका अनुसार कार्यालयबाट दिइने शान्ति सुरक्षाबाहेकका सम्पूर्ण सेवा,सुविधा एक हप्ताको लागि बन्द हुनेछन् । आजको बैठकमा अन्य कार्यालयहरुलाई समेत आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्देशन दिने निर्णय गरिएको उहाँले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु