महाभूकम्पको छैटौं वर्ष (तस्वीरसहित)

महाभूकम्पको छैटौं वर्ष (तस्वीरसहित)

२०७२ सालको महाविनाशकारी भूकम्प गएको आज ठ्याक्कै ६ वर्ष पुगेको छ । छ वर्षअघि आजैका दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पले ठूलो धनजनको क्षति पुर्याएको थियो ।

वि।सं। २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुर्याएको थियो ।

आज महाभूकम्पको छैटौं स्मृति दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

महाभूकम्पको छैटौँ स्मृति दिवस मनाइरहँदा मनै काँप्ने त्यतिबेलाको दृश्य कसैले पनि भुल्न सक्दैन । महाभूकम्पका बेला हामीले खिचेका केही तस्वीरहरु:

 

 

टिप्पणीहरू