आज माधव नेपालहरुको पद जाने खतरा

आज माधव नेपालहरुको पद जाने खतरा

छिटो न्यायिक निकास निस्कोस् भन्ने अभिप्रायसहित गत हप्तादेखि अनेक प्रयास गर्दै बल्लतल्ल दर्ता गरिएको माधवकुमार नेपालसहित चार जनाको रिटलाई सर्वोच्च अदालतले आज ३१ औं नम्बरमा पेशी चढाएको छ भने एमालेको प्रधानमन्त्री पक्षले आजै आफ्ना वरिष्ठ नेताहरुमाथि कार्वाहीको निम्ति महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सबैभन्दा पुच्छारको अन्तिम दोश्रो नम्बरमा राखिएको मुद्दाउपर आज पालो आउने सम्भावना छैन ।

अर्को पेशी चढ्दासम्म प्रतिनिधिसभाका केही सदस्यको पद खाइसक्ने तयारी छ ।

सामान्यतया बिषयको गम्भीरता हेरी यस्ता रिटलाई एक,दुई नम्बरमै राखेर आदेश दिने परम्परा यसचोटि तोडिएको हो । कानूनविदहरु भन्छन्-ढिलो गर्नु न्याय नदिनु बराबर हो ।

माधवकुमार नेपालसहितका निवेदकले रिटमा ‘आफूहरुमाथि गर्न लागिएको निश्कासनको कारवाही उत्प्रेषण,प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ’ भनेका थिए ।

त्यस्तै आफूहरुले दलत्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको थियो ।

टिप्पणीहरू