अदालतले ठेल्ने,ओलीले पेल्ने

अदालतले ठेल्ने,ओलीले पेल्ने

छिटो न्यायिक निकास निस्कोस् भन्ने अभिप्रायसहित गत हप्तादेखि अनेक प्रयास गर्दै बल्लतल्ल दर्ता गरिएको माधवकुमार नेपालसहित चार जनाको रिटलाई सर्वोच्च अदालतले आज ३१ औं नम्बरमा पेशी चढाएको छ भने एमालेको प्रधानमन्त्री पक्षले आजै आफ्ना वरिष्ठ नेताहरुमाथि कार्वाहीको निम्ति केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सबैभन्दा पुच्छारको अन्तिम दोश्रो नम्बरमा राखिएको मुद्दाउपर आज पालो आउने सम्भावना छैन । अर्को पेशी चढ्दासम्म प्रतिनिधिसभाका केही सदस्यको पद खाइसक्ने तयारी छ । सामान्यतया बिषयको गम्भीरता हेरी यस्ता रिटलाई एक,दुई नम्बरमै राखेर आदेश दिने परम्परा यसचोटि तोडिएको हो । कानूनविदहरु भन्छन्, ढिलो गर्नु न्याय नदिनु बराबर हो ।

टिप्पणीहरू