श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार

श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार

कोरोना संक्रमण पछि नेगेटिभ रिर्पोट आइसकेका बिरामीमा श्वासप्रश्वासको समस्या देखिएपछि बागलुङका एक बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ ।

शनिवार दिउँसो बानपा १० का ७१ बर्षिय पुरुष बिरामीलाई काठमाडौँ पठाइएको हो । १७ दिनदेखि कोरोना संक्रमणबाट उपचार गरिरहेका उनको पछिल्लो पीसीआर नेगेटिभ आइसकेपछि पनि स्वाशप्रश्वासमा सुधार नभएपछि काठमाण्डौ पठाउनु परेको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

उनको साथमा अस्पतालका डा. अभिषेक वाग्लेसमेत काठमाण्डौ गएका छन् । ती बिरामीलाई एयर डाइनेष्टीको हेलिकोप्टरले काठमाडौँको ग्रिनसिटी अस्पताल पठाइएको हो ।

टिप्पणीहरू