करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

झापाको दमकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दमक नगरपालिका-२ त्रिवेणी टोलका अनिष श्रेष्ठकी छोरी १५ वर्षीया सबिना श्रेष्ठको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको एड्भान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, धनुषामा बिजुलीको तार उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कमला नगरपालिका-८ सोनापाडास्थित सडकमा बिजुलीको तार उठाउने क्रममा करेन्ट लागेर प्र.२-०३-००१ ख २२६२ नम्बरको टिपरका सह-चालक २२ वर्षीय महमद ताहिर मंसुरको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

टिपरमाथि बसेर घरमा लगेको बिजुलीको तार उठाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । टिपर, चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू