आगो निभाउन जाँदा बन्दुक भेटियो

आगो निभाउन जाँदा बन्दुक भेटियो

कैलालीको गौरीगंगा नगरपालिका-७ मनकापुरस्थित निराजन सामुदायिक वनबाट वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

वन क्षेत्रमा लागेको आगलागी नियन्त्रण गर्ने क्रममा बन्दुक फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू