गोठमा म्यारिज खेल्दा पक्राउ

गोठमा म्यारिज खेल्दा पक्राउ

पोखरामा गोठमा बसेर तास खेलिरहेका १९ जना पक्राउ गरेका छन्।

पोखरा महानगरपालिका-२५ हेम्जाका याम गुरुङको गोठमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय छिरिङ नोर्बु समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ४ सय ६५ रुपैयाँ र १ सय ५६ पत्ती तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता, नवलपरासी (पूर्व)मा पनि ११ जना जुवाडे पक्राउ परेका छन् । कावासोती नगरपालिका-१६ डण्डाका पदम बहाहुर बिकको घरमा तास खेलिरहेको अवस्थामा नगद २६ हजार ६ सय २५ रुपैयाँ र ३ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरीले कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताएको छ ।

टिप्पणीहरू