अवैध लागुऔषधसहित पक्राउ

अवैध लागुऔषधसहित पक्राउ

झापामा अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ पिंकिठ्याकबाट २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध (ब्राउनसुगर जस्तो देखिने) सहित अर्जुनधारा नगरपालिका-८ का १९ वर्षीय राहुल राजवंशीलाई शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले राजवंशीलाई फेला पारी पक्राउ गरेको हो ।

यता, सिन्धुलीको कमलामाई नगरपालिका-२ निबुवाटारस्थित भित्री सडकबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार घ्याङलेख गाउँपालिका-१ कोलटारका ५२ वर्षीय पन्चलाल बम्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । स. १ त ६८४३ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी अमलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याक्टरमा सवार बम्जनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू