भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङको केराबारी गाउँपालिका-३ मंसिरेका २६ वर्षीय रुबिन लिम्बु र ३५ वर्षीय गजेन्द्र बहादुर राईलाई १ थान भरुवा बन्दुकसहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

केराबारी गाउँपालिका-३ मंसिरेस्थित जंगलमा उनीहरुसँगै गएका सोही ठाउँ बस्ने ३३ वर्षीय हस्त कुमार राई भरुवा बन्दुक पड्की मृत अवस्थामा फेला परेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय केराबारी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुसँग भरुवा बन्दुक कहाँबाट आयो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले बताइएको छ ।

टिप्पणीहरू