कोभिडका नियम पालना गरौं,पूर्व राजदम्पत्तिबाट सिकौं

कोभिडका नियम पालना गरौं,पूर्व राजदम्पत्तिबाट सिकौं

कोरोना भाइरसबाट संक्रमित पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति अस्पताल भर्ना भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँहरु आज नर्भिक हस्पिटल जानुभएको हो ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अस्पताल भर्ना भएको नर्भिक स्रोतले जनाएको छ । ‘उहाँहरु कोभिडको उपचारका लागि भर्ना हुनुभएको हो । अहिले थप डिटेल थाहा छैन’,अस्पताल स्रोतले भन्यो।

पूर्वराजा ज्ञानेन्द्र दम्पत्तिलाई कोरोनाको लक्षण देखिएको बताइएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेशनमा रहनुभएका शाह दम्पत्ति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्नुभएको हो ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उहाँहरुलाई संक्रमण पुष्टि भएको थियो ।

हरिद्वारमा हिन्दू स्रमाटको उपाधिसहित पूर्वराजा ज्ञानेन्द्रलाई अभिषेक गराइएको थियो । जहाँ लाखौं भारतीयले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई गंगामा स्नान गरेका थिए । अभिषेक कार्यक्रममा हजारौं मानिस त्यसैगरी सहभागी भएका थिए ।

कोरोना महामारीको ठूलो चपेटामा परेको भारत भ्रमणमा शाह दम्पत्तिले कोभिड प्रोटोकल पालना नगरेको भन्दै आलोचनासमेत भएको थियो ।

टिप्पणीहरू