‘नमस्कार! ए हजुर तपाईंको मास्क खै?’

‘नमस्कार! ए हजुर तपाईंको मास्क खै?’

पछिल्लो समय दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । अप्रत्यासित रुपमा संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न थालेको छ ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्ने भने पनि प्रभावकारी बनेको छैन । सामान्य अवस्थामाजस्तै भीडभाड उस्तै छ । सडकमा मास्कसमेत नलगाई ग्वारग्वार्ती हिँड्नेको संख्या उस्तै छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा सर्वसाधारण उदासिन देखिएपछि सामाजिक अभियन्ता सचिन पाण्डे र सञ्चारकर्मी अमित भट्टले संयुक्त रुपमा ‘नमस्कार ! ए हजुर तपाईंको मास्क खै ?’ अभियान शुरु गरेका छन् ।

आज नयाँ बसपार्कबाट शुरु गरिएको अभियानका क्रममा बिजी मल, माछापोखरीलगायतका भीडभाड हुने ठाउँमा करिब १० प्याकेज मास्क बितरण गरिएको छ। अभियानलाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र ट्राफिक प्रहरीले साथ दिएको बताइएको छ ।

कार्यक्रम अवधिमा सर्वसाधारणलाई सचेत गराउँदै मास्क बितरण गरिएको थियो । मास्क नलगाई हिँडेका पैदलयात्रुलाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिइएको थियो ।

अभियान दिउँसो दुई बजेदेखि काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गामा सन्चालन हुँदैछ । अभियन्ता पाण्डेले अभियानलाई देशव्यापी बनाउन अनुरोध गरेका छन् ।

माक्स,सेनिटाइजरलगायत स्वास्थ्य सामग्री अभियन्ता सचिन पाण्डेले ब्यवस्थापन गरेका हुन् ।

टिप्पणीहरू