बालिका-शेरधन प्रकरणमा जाङ्ग्मु प्रकट

बालिका-शेरधन प्रकरणमा जाङ्ग्मु प्रकट

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो अस्मितामाथि जोेडेर गम्भिर आरोप लगाउँदै आएकी बालिका खड्काले यसअघि अंश  दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा गत भदौ ३१ गते फिर्ता लिएको जाङ्ग्मु शेर्पाले दावी गरेकी छन् । राईविरुद्ध कहिले बालुवाटार र कहिले माईतीघरमा अपशब्द शब्द प्रयोग गर्दै,आफ्नो इज्जत लुटेको आरोप लगाउँदै आएकी बालिकाको पछिल्लो हर्कतबिरुद्ध मुख्यमन्त्री राईकी नवविवाहित पत्नी जाङ्ग्मुले सामाजिक सञ्जालमार्फत वास्तविकता जानकारी गराएकी हुन् ।

जाङ्मु लेख्छिन् ‘मेरो श्रीमानको लामो समयदेखि चरित्रहत्या मात्र होइन,व्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षड्यन्त्र हुँदै आएको र अनेकन हर्कत र आक्रमणका घटनाहरु हुने गरेकोवारे म राम्रो जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै बुझ्छु,त्यतिमात्र होइन,अन्यायकोविरुद्व बोल्ने र लड्ने सामाजिक सेवाकर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ती र दोष एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरु पनि हुँदा रहेछन् । आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छन् यो ज्यादै नै दुःखद् छ !’

शेर्पाले आफ्ना श्रीमान् तथा मुख्यमन्त्री राईले बालिकाले भनेझैँ साँच्चिकै पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए आफूले नै श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी छन् । भर्खरै विवाह बन्धन बाँधिएकी श्रीमतीले लेखेको स्टाटसमा भनिएको छ ‘मलाई पनि भ्रम थियो,श्रीमानको गल्ती छैन भन्दाभन्दै कतै चुक्नु भएको पो छ कि भनेर तर लाख प्रतिशत वहाँ निर्दोष हुनुहुँदो रहेछ भन्ने कुरा म आफैँले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु !’

यता बालिकाले गत भदौमा लिएको मुद्दा फिर्ता र असोज ४ गते गरेको लिखत कागजमा भनेकी छन् ‘अरुकै दुरुत्साहनमा परी अदालतमा मुद्दा दायर गर्न पुगेँ, तर मैले दायर गरेको व्यहोरा र त्यहाँ मैले दाबी गरेको अंश मुद्दा प्रमाणित गर्ने आधार मसँग केही नभएकाले ठूलो भूल र गल्ती महसुस गरी आफ्ना सबै कमी कमजोरी स्वीकार गरी मुद्दासमेत फिर्ता गरिसकेको कुरा अवगत गराउँछु ।’

बालिकाले बिहीबार मात्रै माइतीघर हाइटस्थित नेकपा एमालेको नयाँ कार्यालयको शुभारम्भ समारोहमा उपस्थित राईविरुद्ध सार्वजनिक रुपमा अपशब्द प्रयोग गरेकी थिइन् । तत्काल प्रहरीले उनलाई पक्रेर कारबाही अघि बढाएको थियो ।

टिप्पणीहरू