थ्रेसर मेसिनमा बेरिएर महिलाको ज्यान गयो

थ्रेसर मेसिनमा बेरिएर महिलाको ज्यान गयो

गहुँ माड्ने थ्रेसर मेसिनमा परेर रुकुम पश्चिमकी एक महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका वडा नम्बर ७ निवासी ६२ बर्षिया ठुम्रा मल्लको आज दिउँसो ज्यान गएको वडा अध्यक्ष इन्द्रलाल शर्माले बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर ७ नार्जिमा रहेको खेतका गहुँ काटेर माड्ने क्रममा लगाएको कपडा थ्रेसर मेसिनमा बेरिएको र निजको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक कृष्ण डांगीले बताउनुभयो ।

शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन तयारी हुँदैछ ।

टिप्पणीहरू